काठमाडौं : प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा दुई विद्यार्थी संगठनले ताला लगाएका छन् । सिटिइभिटीले माग पूरा नगरेको भन्दै आइतबार ताला लगाइएको हो ।
नेविसंघले विभिन्न माग राखी दुई दिनअघि ४८ घन्टे अल्टिमेटम दिएको थियो । नेविसंघले सिटिइभिटीअन्तर्गतका शिक्षण संस्थाले चर्को शुल्क लिइएकाले वैज्ञानिक शुल्क तोक्नुपर्ने, सिटिइभिटीले तोकेको शुल्कसमेत लागु नभएको, सिटिइभिटीका अधिकारीको जीवनशैली एक्कासी परिवर्तन भएकाले त्यसको पनि छानबिन गर्नुपर्नेलगायत माग राखेका छन् । संघका प्रवक्ता युपी लामिछानेले ४८ घन्टामा माग पूरा नगरेकाले नेविसंघ र अनेरास्ववियुले संयुक्तरूपमा ताला लगाएको बताए । (सौस)
प्रतिक्रिया