सर्पको टोकाईबाट बालकको मृत्यु

जाजरकोट, ६ साउन । सर्पको टोकाईबाट जाजरकोटमा एक बालकको ज्यान गएको छ । जिल्लाको पुन्मा–२, रुपाकोटका ७ वर्षीय बालक यज्ञबहादुर कार्कीको मृत्यु भएको हो ।

शुक्रबार साँझ विषालु सर्पले टोकाईबाट विरामी परेका उनको गएराति नै मृत्यु भएको हो । सर्पले टोकेपछि विरामी बालकलाई घरमै झारफुक गर्ने क्रममा ज्यान गएको स्थानीय तुलबहादुर बुढाले जानकारी दिए ।
सर्पले घरअगाडि उनको भैसीलाई पनि टोकेको थियो । सर्पको डसाईबाट भैँसीको पनि मृत्यु भएको छ ।
मृत्तक बालक गाउँकै सूर्यज्योती निम्न माध्याकि विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको आमा विष्णुकला कार्कीले जानकारी दिईन ।
नजिक स्वास्थ्य संस्था नभएपछि घरमै झारफुक गर्ने क्रममा छोराको ज्यान गएको कार्कीले बताईन । सौर्य

प्रतिक्रिया