नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनको ओइरो

काठमाडैां : सरकारले ७ मंसिरमा घोषणा गरेको संविधानसभाको निर्वाचन हुने/नहुने अन्योल बढिरहेका बेला निर्वाचन आयोगमा भने नयाँ दल दर्ताका लागि निवेदनको ओइरो लागेको छ । आयोगमा शुक्रबारसम्म नयाँ राजनीतिक दल दर्ताका लागि २७ राजनीतिक दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनेमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट छुट्टिएर छुट्टै पार्टी गठन गरेका शरत्सिंह भण्डारीदेखि स्वच्छ साप्ताहिकका मोतीलाल भारतीसम्म छन् । भण्डारीले राष्ट्रिय मधेस समाजवादी दल दर्ताका लागि निवेदन दिएका हुन् ।
त्यस्तै, निर्वाचन आयोगमा एमाओवादीबाट छुट्टिएका मातृकाप्रसाद यादवले पनि दल दर्ताको निवेदन दिएका छन् । यादवले नेकपा–माओवादीको नाममा दल दर्ताका लागि निवेदन दिएका हुन् । तर, एमाओवादीबाटै विभाजन भएको मोहन वैद्यको पार्टीले भने दल दर्ताका लागि अहिलेसम्म निवेदन दर्ता गराएको छैन । आयोगमा यसअघि ८६ राजनीतिक दल दर्ता थिए । तर, ११ राजनीतिक दलले वार्षिक आय–व्यय विवरण नबुझाएपछि निर्वाचन आयोगले फागुन १९ गते दल दर्ता खारेज गर्ने निर्णय लिएको थियो । आयोगमा हाल ७५ राजनीतिक दल दर्ता छन् । उता, आयोगले पनि छिट्टै राजनीतिक दल दर्ताका लागि आह्वान गर्ने तयारी गरेको छ ।
दर्ताका लागि आएका नाम
१. नेपाल दलित पार्टी २. जनमोर्चा नेपाल ३. तराई मधेस पहाड हिमाल एकता पार्टी ४. संघीय लिम्बुवान राज्यपरिषद् ५. नेपाल जन लोकतन्त्र पार्टी, ६. नेपाल रिपब्लिक पार्टी ७. युनाइटेड नेपाल रिपब्लिकन पार्टी ८. डेमोक्रेटिक नेपाल रिपब्लिकन पार्टी ९. राष्ट्रवादी जनता दल १०. लोकतान्त्रिक गान्धीवादी पार्टी ११. मधेस–तराई फोरम १२. हिन्दूराष्ट्र नेपाल १३. राष्ट्रिय सम–मुक्ति पार्टी १४. गण्डकी–धवलागिरि माक्र्सवादी लेनिनवादी दल १५. नेपाल राष्ट्रवादी पार्टी १६. गरिब एकता समाज पार्टी नेपाल १७. युवा नेपाल पार्टी १८. थरुहट तराई पार्टी नेपाल १९. मधेसी युवा लोकतान्त्रिक पार्टी २०. लोकतान्त्रिक पार्टी नेपाल २१. नेपाल समावेशी पार्टी २२. ने.क.पा. (माओवादी) २३. खम्बुवान राष्ट्रिय मोर्चा नेपाल २४. राष्ट्रिय शिवसेना पार्टी २५. जनमोर्चा नेपाल २६. मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद् २७. युनाइटेड नेपाल रिपब्लिकन पार्टी

प्रतिक्रिया