छानविन समिति बनाइने, कमाण्डरद्धारा राजिनामा !

काठमाडौ, ४ साउन । एमाओवादीको सातौ विस्तारित बैठकनै अवरुद्ध गरी शिविरमा भएको हरहिसावको माग गर्ने पूर्व लडाकुहरुको उच्चस्तरीय छानविनि समिति बनाई समस्या समाधान खोज्ने निश्कर्षमा पार्टी पुगेको छ।
आज विहिवार पार्टी अध्यक्ष निवास लाजिम्पाटमा बसेको स्थायी समितिले यस्तो निश्कर्ष निकालेको हो । यस्तो हिसाव माग्न पाउने लडाकुको हक भएको हुादा उच्चस्तरीय छानविन समिति बनाई अगाडि बड्ने निर्णय गरेको हो । असन्तुष्ट पक्षले यस्ता अनियमितता गर्ने कमाण्डरहरुलाईनिलम्बन गरी छानविन गर्ने माग पनि रहेको छ ।
बैठकले छानविन समिति बनाउने निर्णय गरेपछि सबै कमाण्डरहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दहालले छानविन समितिलाई सहयोग गर्न र रिपोर्ट नआउन जेल राजिनामा दिन अनौपचारिक रुपमा अनुरोध गरेका कारण अधिकांश कमाण्डरहरुले पर्टी नेतृत्व समक्ष कमाण्डरहरुले सामूहिक राजीनामा दिएको पनि जनाइएको छ । यसरी राजीनामा दिनेहरुमा यमबहादुर अधिकारी,सुकबहादुर रोक्का, धनबहादुर मास्की,तेजवहादुर रोक्का, महेन्द्रबहादुर शाही, शन्तु राई लागयतका र सहायक कमाण्डरहरुले पनि राजिनामा गरेका छन् ।

यसरी पूर्व लडाकुहरुको मागलाई सम्बोधन भएपछि विस्तारित बैठक ३ बजेवाटु शुचारु हुने पनि एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया