रूपान्तरणका लागि प्रजातान्त्रिक समाजवाद

काठमाडौं, साउन ३ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सङ्घीयताको लागि बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक बहुभाषिक र बहुविचारको मान्यतालाई स्वीकारिनुपर्ने बताएका छन्।  उनले एनेकपा (माओवादी) बहुलवादको दर्शनसँग मिल्न नसक्ने भन्दै पन्छिने गरेको आरोपसमेत लगाए।

“एनेकपा माओवादी समाजको रूपान्तरण हैन कि सत्तामा टिकिरहने मात्र चाहन्छ। उसले समाज बदल्ने नारालाई सत्तामा चढ्ने भर्‍्याङ मात्र बनाइआएको छ”, उपभासपति पौडेलले भने।उनले जनताको हकअधिकार सुनिश्चित गर्ने अभियानमा सिद्धान्तको राजनीतिलाई गौण बनाउन नहुने बताए।

नेपाल महिला सङ्घद्वारा राजधानीमा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले समानता, स्वतन्त्रता, भातृत्व जस्ता मूल राजनीतिक सिद्धान्तलाई गौण बनाई सबैले आ-आफ्नो जातीय कुरामात्र उठाए अधिकार प्राप्तिको लडाइँ कमजोर हुने बताए।

उपभासपति पौडेलले भने , “पहिचान, प्रतिनिधित्व, पहुँच र प्रगतिले नै सामाजिक रूपान्तरण गर्छ। सामाजिक रूपान्तरण सुनिश्चितताका लागि प्रजातान्त्रिक समाजवादले ठाउँ पाउनुपर्छ।” – रासस

प्रतिक्रिया