जाजरकोट,२ साउन । जिल्ला मालपोत कार्यालय जाजरकोटका प्रमुख तिलकराम रिजाललाई स्थानिय एक समुहले गएराती सांघातिक हमला गरेको छ ।
हमलामा परि घाईते रिजाललाई जिल्ला अस्पताल जाजरकोट खलंगामा भर्ना गरिएको छ । जिल्ला अस्पताल जाजरकोटका अनुसार रिजालको टाउकोमा गंम्भिर चोट लागेको छ ।
खलंगा–२ पिपलडांडा स्थित लक्ष्मण शाहको घरमा रहेको मालपोत कार्यालयलाई कार्यालय प्रमुख रिजालले खलंगा–२ थाप्ले स्थित दीपकजंग शाहको घरमा सार्न खोजेको भन्दै कुटपिट गरेको प्रहरीको आशंका छ ।
कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले खलंगा–२ का स्थानिय प्रयास शाह, शुशिल शाह ,प्रेम के. सी. र दीपराज कार्कीलाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न अन्य फरार रहेको र खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । कुटपिटमा संलग्नलाई सार्वजनिक अपराध सम्वन्धि मुद्धा चलाउने तयारी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया