प्रेमकथामा “रिदम”

काडमाडौं : नाइँ न भन्नु ल निर्देशन गरेर चर्चा कमाएका निर्देशक विकास आचार्यले अर्को चलचित्र निर्देशन गर्ने भएका छन्– रिदम । यो चलचित्रको सोमबार पुरानो बानेश्वरस्थित कुमारी कम्प्लेक्समा शुभमुहूर्त गरियो । मुहूर्त सटका लागि शैलेश आचार्यले क्ल्याप पड्काएका थिए भने निर्माता संघका अध्यक्ष राजकुमार राईले क्यामराको स्विच अन गरे । त्यसैगरी, मुहूर्त सटको निर्देशनचाहिँ शिव रेग्मीले गरेका थिए ।
जीवन लुइँटेल, श्वेता भट्टराई, नयाँ प्रस्तुति त्रिरत्न मानन्धर र निस्मा घिमिरे मुख्य कलाकार रहने यो चलचित्र प्रदीप दाहालले निर्माण गर्न लागेका हुन् ।
प्रेमकथाका साथै सामाजिक पक्षहरू जिन्दगीसँग कसरी जोडिएका हुन्छन् भन्ने विषयवस्तु बुनिएको रिदममा छायांकन शम्भु सापकोटा, संगीत वसन्त सापकोटा र द्वन्द्वनिर्देशन रोशन श्रेष्ठको छ ।
वानटाइम सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रले सोमबारबाटै काठमाडांैमा छायांकन सुरु गरिसकेको छ ।

प्रतिक्रिया