काठमाडैा, १ साउन। सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जितेका खेलाडीलाई नेपाल सोतोकान कराते संघ (एसकेआइएफ) ले आइतबार सम्मान गरेको छ । आआफ्नो विधामा स्वर्ण जितेका ११ पुरुष र १० महिला गरी २१ खेलाडी सम्मानित भए ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस हेल्थ क्लबमा संघद्वारा आयोजित प्रथम राष्ट्रिय रेफ्री सेमिनारको उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद्
(राखेप) का सदस्यसचिव युवराज लामाले खेलाडीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।
पुरुषतर्फ मुकुन्द महर्जन, विनोद महर्जन, पर्शुराम बास्तोला, मन्डेकाजी श्रेष्ठ, केदारबहादुर सिंखडा, गणेशबहादुर थिङ, दिगम्बरप्रसाद पन्त, सुनील लामा, भीमबहादुर तामाङ, दीपेन्द्र देउवा तथा सोनाम लामाले स्वर्ण जितेका थिए ।
त्यस्तै महिला स्वर्ण विजेतामा मल्लिका थापा, अनु अधिकारी, सुभद्रा श्रेष्ठ, विमला तामाङ, संगीता डंगोल, पुनम लामा, गंगादेवी अधिकारी, कल्पना बस्नेत, रोजी नगरकोटी तथा सपना लामा रहेका छन् । रेफ्री सेमिनारमा उपत्यकाका तीन गरी १० जिल्लाका पाँच महिलासहित ३५ जनाको सहभागिता रहेको संघका महासचिव दिलेन्द्र गोविन्द वैद्यले जानकारी दिए । सेमिनारको उद्घाटन गर्दै सदस्यसचिव लामाले साउनदेखि मिसन सागको प्रशिक्षण सुरु गर्ने तयारीमा राखेप रहेको जानकारी गराउँदै सहभागीले सेमिनारमा सिकाइने सानोभन्दा सानो कुरालाई पनि विशेष महत्त्व दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा राखेप सदस्य किरण गिरी, एसकेआइएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, नेपाल सातोकान कराँते डो महासंघका अध्यक्ष एवं एसकेआइएफका प्रमुख प्रशिक्षक निवास गोपाल वैद्यलगायतको उपस्थिति रहेको थियो । सेमिनार मंगलबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया