चन्द्रनिगाहपुर, १ साउन । १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आइतबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा ताप्लेजुङले सुर्खेतलाई ९–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बारामा भएको खेलमा घरेलु टोलीले उदयपुरलाई ३–० ले पराजित गर्यो । बाराका लागि सपना गोलले दुई तथा सपना बस्नतेले एक गोल गरिन् । १३औँ मिनेटमा उदयपुरकी गोलरक्षक उर्मिला मगरलाई निरीह तुल्याउँदै गोलेले पहिलो अग्रता दिलाएकी थिइन् । गोलमा अग्रता लिएको बाराका लागि ७०औँ मिनेटमा अग्रतालाई दोब्बर पार्यो । गोलले नै दोस्रो गोल गरेकी थिइन् । ७८औँ मिनेटमा बस्नेतले तेस्रो गोल गरिन् । बाराले पेनाल्टी अवसर भने खेर फालेको थियो । उदयपुरकी रक्षक भावना मैनालीले सिर्जना मैनालीलाई डि–बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई गंगा केसीले क्रसबारभन्दा माथि हान्दै खेर फालेका थिए ।
सुरुवातदेखि विपक्षीमाथि दबाब दिएको ताप्लेजुङले सातौँ मिनेटमा पहिलो अग्रता लिएकी थिइन् । सपना राईको गोलमा सुदूरपूर्वर्ी जिल्ला ताप्लेजुङले पहिलो अग्रता लिएको थियो । एक मिनेटको अन्तरमै उनले दोस्रो गोल पनि गरिन् । ३४ औँ मिनेटमा सपनाले ह्याट्रिक पूरा गरिन् । ताप्लेजुङले पूर्वाञ्चलले सात गोल गरेको थियो । दोस्रो हाफमा पनि आक्रमण जारी राख्दै ताप्लेजुङले ९ गोल गरेको थियो ।
ताप्लेजुङका लागि छम्बु गुरुङ, जुनिता नेपालले दुई–दुई गोल गरे भने अमृता राई, सञ्जिता गुरुङले एक–एक गोल गरेका थिए । अमृताले २१औँ मिनेट, छम्बुले २६औँ मिनेट र ८१औँ मिनेट, सञ्जिताले ५४औँ मिनेट, जुनिताले ६५ र ६७ मिनेटमा गोल गरेका थिए । राष्ट्रिय स्तरको यो प्रतियोगितामा हेर्न आएका दर्शकको उत्साह पनि निकै देखिएको थियो । ६४औँ मिनेटमा सुर्खेतकी विन्दु हमालले पहेलो कार्ड पाएपछि फ्रि–किक पाएको ताप्लेजुङका लागि जुनिता नेपालले ६५औँ मिनेटमा गोल गरेकी थिइन् भने खेल अवधिभर ताप्लेजुङका मनित लिम्बू र प्रीति लामिछानेले पहेँलो कार्ड पाएका थिए । सोमबार सप्तरी र कैलाली जिल्लाका टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया