प्रतिवेदनमा समेटियो फरक मत

काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै एमाओवादीको केन्द्रीय समिति बैठक आइतबार सकिएको छ । अध्यक्ष दाहालले राम कार्की, स्वनाम साथी, ईश्वरी भट्टराईलगायतले राखेको फरक मतलाई समेटेपछि बैठकले प्रतिवेदन पारित गरेको हो ।
दाहालले परिवर्तित राजनीतिक अवस्था, पार्टी विभाजन, शान्तिप्रक्रिया, संविधानसभा विघटन, अबको बाटोलगायत विषय समावेश गरेर प्रतिवेदन तयार गरेका थिए । उनको प्रस्तावमा राष्ट्रियता, अन्तर–पार्टी सम्बन्ध, क्रान्तिको मोडेल, पार्टी एकता, नेताहरूको जीवनशैलीलगायत विषयमा फरक मत परेका थिए । प्रतिवेदन सोमबार सुरु हुने विस्तारित बैठकमा अध्यक्ष दाहालले पेस गर्ने भएका छन् । भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने बैठकमा पाँच हजार अगुवा कार्यकर्ताले भाग लिने आयोजक समितिले जनाएको छ । (सौस)

प्रतिक्रिया