चोरीको विद्युत् बाल्ने विवादमा दाजुमाथि बन्चरो प्रहार


राजविराज, १ साउन  । चोरीको विद्युत् बाल्ने विषयमा विवाद बढेपछि सप्तरी हरिहरपुरमा भाइले दाजुमाथि बन्चरो प्रहार गरेका छन् ।
हरिहरपुर–६ का १८ वर्षीय धीरेन्द्र यादवले २५ वर्षीय सुरेन्द्र यादवलाई बन्चरो प्रहार गरेका हुन् । घाइते यादवको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा १४ टाँका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । दाजुमाथि बन्चरो प्रहार गर्ने धीरेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया