काठमाडौं : शिक्षाका साथै खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएबापत पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल कुमार राई शनिबार सम्मानित भएका छन् ।
भृकुटिमण्डपस्थित पर्यटन बोर्डमा नेपाल युवा समाजद्वारा आयोजित ‘मुलुकको वर्तमान अवस्थामा युवा नेतृत्वको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा राईलाई सम्मान गरिएको हो ।
सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले राष्ट्रिय सेवा सम्मान पदवीको प्रमाणपत्र राईलाई हस्तान्तरण गरे । राई पछिल्लो समय चर्चामा रहेकी भलिबल खेलाडी रमिला तण्डुकारका प्रशिक्षक पनि हुन् । (सौर्य)
प्रतिक्रिया