मधेसवादी दल मेरो पार्टीमा गाभिन्छन्

वीरगन्ज, २९ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उप–प्रधानमन्त्री विजय गच्छेदारले मधेसवादी दलहरु आफ्नो पार्टीमा गाभिने दाबी गरेका छन् ।
वीरगञ्जमा आज रिपोटर्स क्लब पर्साले आयोजना गरेको साक्षत्कारमा उनले मधेसमा अहिले रहेका ठूला साना सबै दलहरु फोरम लोकतान्त्रिकमा गाभिने बताए । मधेसवादी दलहरु टुक्रिने क्रम चलिरहेका समयमा गच्छेदारले सो अभिब्यक्ति दिएका हुन् ।
‘एकताका लागि सबै मधेसवादी दलसंग छलफल चलिरहेको छ,’ उनले भने, ‘संविधानसभाको नयाँ चुनाव अघि एकता हुने सम्भावना छ ।’
गच्छेदारले शरतसिंह भण्डारी समूह पार्टीबाट अलग भएर गए पनि त्यसले पार्टीमा खासै असर नपारेको जिकिर गरे ।

प्रतिक्रिया