भट्टराईको राजीनामा आउँदैनः दाहाल

काठमाडौं, २९ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक संकटको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने बताएका छन् ।
ललितपुरमा आज आयोजित कार्यक्रममा उनले वैकल्पिक व्यवस्था नभई प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले भने, ‘एमाओवादी तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा छैन ।’
दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भए पनि उल्लेखनीय रुपमा सहमति हुन नसकेको बताए ।
संघीयताका विषयमा राजनीतिक दलहरु सहमतिमा आउने हो भने संविधानसभाको पुनःस्थापना पनि एउटा विकल्प हुन सक्ने दाहालको भनाइ छ ।

प्रतिक्रिया