सहमति गरेर जान भारतको सुझाव

काठमाडौं, २८ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादवीच भेटबार्ता भएको छ ।
राजधानीमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधान लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । विपक्षी दलहरुले कामचलाउ सरकारले अध्यादेशबाट पूर्ण वजेट ल्याउन नमिल्ने जनाई रहेका समयमा जयन्तले सो विषयमा समेत चासो जनाएका छन् ।
राजदूत जयन्तले दलहरुका वीच सहमति र सहकार्य गरेर जानका लागि अध्यक्ष दाहाललाई सुझाव समेत दिएका छन् । जवाफमा दाहालले सहमतिमै सरकारले वजेट ल्याउने उल्लेख गरेको स्रोतको भनाई छ ।
दलहरुवीचको सम्बन्धमा चिसो बढि रहेका समयमा भारतीय राजदूत जयन्तले एमाओवादी अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया