प्रधानमन्त्री र भारतीय स्थलसेनाध्यक्षवीच भेटबार्ता

काठमाडौं, २७ असार । प्रधानमन्त्री बाबुराम भट्टराईसँग भारतीय स्थलसेनाध्यक्ष विक्रम सिंहले भेटबार्ता गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाली सेनालाई भारतीय सरकारतर्फबाट उपलब्ध हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।
भारतीय सेनाध्यक्ष सिंहले आफू भारतीय जनता र सेनाको शुभकामना लिएर नेपाल भ्रमणमा आएको बताए । उनले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिने गरेको बताए ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा भारतीय सेनाध्यक्ष सिंह नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आएका हुन् ।

प्रतिक्रिया