बिना मगर निलम्बनमा

काठमाडौं : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशसँग भागेको आरोप लागेकी बिना मगर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीबाट निलम्बनमा परेकी छन् ।
अखिल क्रान्तिकारीको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य तथा सरस्वती बहुमुखी क्याम्पसकी स्ववियु सभापति रहेकी बिनालाई सांस्कृतिक विचलन देखिएको ठहर गर्दै कारबाही गरेको हो । उनका बारे प्रश्न उब्जिएकाले छानबिनका लागि निलम्बन गरिएको संगठनले जनाएको छ ।
प्रकाश र बिना दुवैजना सँगै सगरमाथा आरोहणमा समेत गएका थिए । विवाहित विद्यार्थी नेत्रीसँगको सम्बन्धलगायतलाई लिएर प्रकाशलाई पार्टीले सोमबार नै नेवा राज्यसमिति सदस्यबाट निलम्बन गरिसकेको छ । प्रकाश २१ असारदेखि परिवार र पार्टीको सम्पर्कमा छैनन् भने बिना पनि त्यसलगत्तै हराएकी छन् । (सौस)

प्रतिक्रिया