सुर्तीजन्य पदार्थमा करवृद्धिको माग

काठमाडौं, २७ असार । आगामी आर्थिक वर्षको बजेटमा चुरोट तथा सुर्तीजन्य पदार्थमा लगाइएको कर शतप्रतिशत वद्धि गर्न माग गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले अर्थमन्त्री वर्षमान पुनलाई मंगलबार ज्ञापनपत्र बुझाएर करवृद्धिको माग गरेको हो ।

क्यान्सरको प्रमुख कारक सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवनलाई न्यूनीकरण र नियन्त्रण गर्न स्वास्थ्यकर वृद्धिको माग गरिएको हो । बजेटमा कम्तीमा १० पैसा प्रतिखिल्ली चुरोटमा र खैनी, गुटखा, पानपराग तथा अन्य सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर लगाउन संस्थाले माग गरेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार यदि १० प्रतिशतले चुरोटको कर बढाएमा ८ प्रतिशतले माग घट्छ । करमा वृद्धि गरेबापतको रकमबाट धूमपान नियन्त्रण कार्यक्रम सशक्त बनाउन सकिने र चुरोटको सेवनमा कमी ल्याउन मद्दत पुग्ने भएकोले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव विमलकुमार हाडाले बताए ।

प्रतिक्रिया