हैसियत बिर्से सुविधा खोस्छुः प्रधानमन्त्री

काठमाडौं, २५ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले आफनो हैसियत बिर्सेर गतिविधि गर्दै हिंडे सरकारले उपलब्ध गराएका सबै सेवा, सुविधा खोसुवा गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले जनआन्दोलनको बलमा विस्थापित भएको राजतन्त्रले टाउको उठाउने कुनै अवस्था नरहेको बताए । उनले भने, ‘राजतन्त्रले टाउको उठाउन खोजे सरकारलाई मान्य हुँदैन ।’
उनले राजनीतिक दलहरुका बीचमा विवाद भएको देखेर पूर्व राजाले चलखेल गर्न थालेको आरोप लगाए । उनले भने, ‘कुनै पनि पार्टी राजतन्त्रको पक्षमा छैनन् ।’
राजनीतिक दलहरुको बीचमा जति विवाद भएपनि राष्ट्रिय आवश्यकता र अप्ठ्यारोमा एक ठाउँमा आउने भन्दै भट्टराईले पूर्व राजालाई निहुँ नखोज्न सुझाव दिएका छन् ।
पूर्व राजा शाहले राजसंस्था राख्न तत्कालिन सात दलवीच आफ्नो सहमति भएको बताएपछि उनको आलोचना हुन थालेको छ ।

प्रतिक्रिया