सरकारले हैसियत भूलेको छः सिंह

काठमाडौं, २५ असार । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले कामचलाउ सरकारले आफ्नो हैसियत भूल्दा मुलुक र जनताले समस्या भोग्नु परेको दाबी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बाबुराम भट्टराईको सत्तालिप्साले राजनीतिक सहमति गर्न कठिनाई भएको बताए ।
‘प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो हैसियत भूलेका छन्,’ उनले भने, ‘सहमतिको मार्गमा भट्टराईले अबरोध गर्दै आएका छन् ।’ भट्टराईको सत्तामोहले गर्दा सहमति हुन नसकेको सिंहको आरोप थियो ।
राजनीतिक सहमति विना अध्यादेशबाट आउने पूर्ण वजेटको प्रतिवाद गर्ने चेतावनी दोहराएका महामन्त्री सिंहले भने, ‘संवैधानिक प्रावधानलाई उलंघन गरेर वजेट आउनु हुँदैन ।’

प्रतिक्रिया