प्रधानमन्त्रीलाई नेविसंघको कालो झण्डा

काठमाडौं, २४ असार । त्रिभुवन विश्वविद्यालयले ३७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको छ । दीक्षन्त समारोहमा तीन हजार ६ सय १४ सहभागी भएका थिए ।
प्रायजसो दीक्षान्त समारोहमा विदेशका विश्वविद्यालयबाट प्रमुख अतिथि ल्याउने गरिएकोमा यो पटक भने नेपालकै प्रतिष्ठित ब्यक्तिलाई प्रमुख अतिथि बनाइएको छ । कार्यक्रमामा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रमुख अतिथि बनाइएको हो । यो वर्ष त्रिविले दुई वटा दीक्षन्त कार्यक्रम गर्दैछ । आगामी पुस महिनामा अर्को दीक्षन्त गर्ने समेत तयारी गरेको छ ।
प्रधानमन्त्रीलाई नेविसंघको कालो झण्डा
त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन हिडेका कामचलाउ सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बाबुराम भट्टराईलाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएर विरोध जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएपछि दीक्षान्त समारोहमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्रिविको गेट भन्दा अगाडी नै नेविसंघका अन्जान लामाको नेतृत्वले भट्टराईलाई कालो झण्डा देखाएको नेविसंघले जनाएको छ ।
प्रहरीको कडा सुरक्षा घेरा भएपनि सांकेतिक रुपमा प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया