सत्ताका लागि भट्टराई भारतसँग लम्पसार

काठमाडौं, २३ असार । नेकपा–मोवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराई सत्ता टिकाउन भारतसँग लम्पसार भएको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री भट्टराई सत्ता टिकाउनै भारतसँग ‘विप्पा’ सम्झौता गरेको बताए ।
‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा सम्बन्धी जिम्मेवारी भारत सरकारलाई दिने सम्झौता नजिकसम्म पुगेको सुनिन्दैछ,’ उनले भने, ‘सम्झौता हुन लागेको हो भने गैरजिम्मेवारी, राष्ट्रघाती कदम हो, राष्ट्रिय स्वाधिनताको विषयमा जागरुक हुनु पर्छ ।’
उनले अहिलेको अवस्थामा संसद पुनःस्थापना हुन नसक्ने बताए । उनले भने, ‘नागरिक समाज, बौद्धिक व्यक्तित्वहरु र राजनीतिक दलहरुबीचको गोलमेच सम्मेलनबाट निकास दिनुपर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य सदस्य भीमबहादुर तामाङले नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई राज नेताहरुले गम्भीर भएर राजनीति गर्नुपर्ने बताए ।
उनले एक मधेश स्वायत्त प्रदेश गलत भएको भन्दै भोजपुरी, अबधी, थारु, मैथली भाषा बोल्ने तराईवासीलाई हिमाल, पहाड मनपर्छ पर्दैन भनेर नसोधी संघीयता जानु गलत हुने दावी गरे ।

प्रतिक्रिया