केटीद्वारा अस्वीकार

हलिउड अभिनेत्री केटी होम्सलाई पति टम क्रुजले आइसल्यान्ड आउन प्रस्ताव गरेका थिए । तर, केटीले प्रस्ताव अस्वीकार गरेपछि क्रुज खंग्रङ्ग भए । दुईबीचको दाम्पत्य जीवनमा विवाद उत्पन्न भएपछि केटीलाई आइसल्यान्ड बोलाएर क्रुजले दाम्पत्य जीवनलाई पुन: सुचारु बनाउन खोजेका थिए । तर, केटीले नमानेपछि क्रुजको प्रयास असफल भएको छ । यति मात्र होइन, केटीले अदालतसमक्ष छोडपत्र गरी पाउँm भनेर मुद्दासमेत दायर गरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया