रौतहट घटना छानविन हुने

काठमाडौं, २१ असार । रौतहटको महमदपुरमा एक जनाको ज्यान जाने गरेर भएको घटनाका बारेमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले रौतहटमा भएको घटनाको सत्यतथ्य पत्तालगाउन छानबिन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भने, ‘सरकारले पीडित परिवारलाई राहत दिने निर्णयपनि गरेको छ ।’
असार–१४ गते जन्ती लिएर आउदै गरेको ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्य भएपछि स्थानीयले प्रदर्शन गर्दै आएका थिए । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको विरोधमा स्थानीयले अवरोध पुराएको सडक आज खुलाउने क्रममा प्रहरीको गोली लागेर लक्ष्मीपुर महमदपुर–६ का ३० वर्षीय रमोद साहको मृत्यु भएको थियो । प्रहरीसँगको झडपमा १८ जना घाइते भएका थिए ।
यसैवीच, सरकारले चीनको बेइजिङमा साउन–६ गतेदेखि हुने सम्मेलनमा भाग लिन गृहसचिवको नेतृत्वमा टोली पठाउने निर्णय पनि गरेको छ ।
बजार अनुगमन निर्देशिका २०६९ स्वीकृत गरेको सरकारले कृषि विकासका लागि २ अर्ब ४६ करोड ऋण लिन कृषि मन्त्रालयलाई स्वीकृति दिएको छ ।

प्रतिक्रिया