राजनलाई बुद्धिचाल उपाधि


काठमाडौ, २१ असार । जिल्ला खेलकुद विकास समिति, ललितपुरको आयोजना र जिल्ला बुद्धिचाल संघ, ललितपुरको व्यवस्थापनमा सञ्चालन भएको ललितपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन पुरीले जितेका छन् । उनले पाँच चरणको खेलमा सतप्रतिशत जित हात पारेका छन् । उनले अन्तिम चरणको खेलमा सजिन महर्जनलाई हराएका थिए ।
त्यसैगरी सुदीप बज्राचार्यले ४ अंकसहित दोस्रो स्थानमा रहे । उनले पाँचौ चरणमा विजयमान श्रेष्ठलाई पराजित गरे । समान ४ अंक नै हात पारेका संजय महर्जन तेस्रो स्थानमा रहे । उनले मेयक राज शाक्यसँगको खेलमा जित हात पारे ।
ललितपुरका २६ जना खेलाडी सहभागी रहेको प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगेन्द्र तामाङ घिसिङले पुरस्कार प्रदान गरे

प्रतिक्रिया