च्याउ खाँदा तीनको मृत्यु

बुटवल, २०असार । जंगलबाट ल्याएको विषालु च्याउ खाएर पाल्पामा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । हेक्लाङ–८ का तीन बालबालिकाको पाल्पास्थित मिसन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेका हेक्लाङ–८ का एकै परिवारका दाजुभाइ १३ वर्षीय एकबहादुर सारु र ११ वर्षीय किरण सारु तथा छिमेकी ५ वर्षीय कुशल रानाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घरनजिकैको जंगलबाट च्याउ ल्याएर १६ गते शनिबार पकाएर खाँदा पछि बेहोस भएका उनीहरूलाई मिसन अस्पताल पाल्पामा उपचारका क्रममा ल्याइएको थियो । ८ वर्षीय नरेश सारु र ६ वर्षीया सुस्मिता सारुको मिसन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई शनिबार नै उपचारका लागि अस्पताल भर्ना गरिएको आमा थानकुमारी रानाले बताइन् । अन्य तीनजना सिकिस्त छन् । उनीहरूले गत १६ गते जंगलबाट च्याउ खोजेर ल्याएका थिए ।
च्याउ खाएपछि सिकिस्त उनीहरूलाई उपचारका लागि दुई दिनअघि मिसन अस्पतालमा ल्याइएको थियो । उता तानसेन–९ का एकै आमाछोरा पनि विषालु च्याउ खाएर बिरामी परेका छन् । ५० वर्षीया चम्पा कुमाल र २५ वर्षीय रञ्जित कुमाल बिरामी परेपछि लुम्बिनी मेडिकल कजेल प्रभासमा उपचार गराएका छन् ।
तेह्र जना बिरामी
पर्सा,  जङ्गलबाट ल्याएको च्याउ खाादा सिकिस्त बिरामी भएका बारा मनहर्वा गाविसका एकै टोलका १३ जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार दिउसो जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएर बिरामी परेकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सकहरूले बताएका छन् । बिरामी हुनेहरूमा मनहर्वा–१ जैतापुरकी ३५ वर्षीया कमला गोले, उनकी ११ वर्षीया छोरी अनिता गोले, ३५ वर्षीया बेलिमाया गोले, ५५ वर्षीया देवीमाया गोले, १४ वर्षीया लालीमाया गोले, १७ वर्षीया शान्ति गोले, १६ वर्षीया ज्योति गोले, १४ वर्षीया आरती गोले, पााच वर्षीय पासाङ गोले, अढाई वर्षीय सिमान्त गोले, १० वर्षीया शिल्पा गोले, १० वर्षीय प्रकाश गोले र १२ वर्षीय अजय गोले रहेका छन् ।
बिरामीमध्ये कमला, अनिता, देवीमाया र बेलीमायाको अवस्था गम्भीर रहेको सो अस्पतालले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको जङ्गल छेउबाट ल्याएको च्याउ खादा उनीहरू बिरामी परेका हुन् ।

प्रतिक्रिया