प्रशासन परिसरवाटै दलाल पक्राउ

सिन्धुपाल्चोक, १८ असार । नागरिकता बनाउन सर्वसाधारणसँग रकम माग गर्ने दुई दलाललाई सिन्धुपाल्चोक प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
नागरिकता बनाउन पाँच हजार रुपियाँ माग गर्ने चौताराका भक्त श्रेष्ठ र सानोसिरुवारीका गणेश अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
छोराको नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय आएकी जेठल–७ की पेमाडोल्मु तमाङसँग उनीहरुले पाँच हजार रुपियाँ मागेका थिए ।
गाउँवाट एक हजार लिएर आएकी तामाङ नागरिकता बनाउन ठूलो रकम माग गरेपछि गुनासो गर्न संचारकर्मीहरुसँग आएकी थिईन् ।
नागरिकता बनाउन गाविसको सिफारिस बोकेर प्रशासन कार्यालयमा गएकी पेमाडोल्मु र छोरा सागर तमाङलाई प्रशासनका कर्मचारीहरुले बाबुको नाम नमिलेको भन्दै नागरिकता नबन्ने बताएपछि आफूहरु फर्केको उनले बताइन ।
पैसा माग गरेको आरोप लागेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया