पूर्वराजा भेटघाट र पूजामा व्यस्त

बुटवल, १९ असार । लुम्बिनी अन्चलको धार्मीक भ्रमणका क्रममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवलका बिभिन्न मन्दिरमा दर्शन, पूजाअर्चना गर्नुका सागै स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेका छन् ।
उनले बुटवलको पुरानो बजारस्थित गणेश मन्दिर, नयाँ गाउँको मुक्तिनाथ धाम, मर्चवार क्षेत्रको मर्चवारी माई मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् ।
पुजा गर्न भन्दै आएका पूर्वराजाको स्वागतमा जिल्लाका विभिन्न ठाउँमा स्वागतगेट बनाइएका छन् ।
सर्वसाधारणले घण्टौं लाइनमा उभिएर उनलाई फूलका गुच्छा दिएका छन् । पूर्वराजा शाहको स्वागतका लागि बुटवलमा बालबालिकाहरु पनि घण्टौं लाइनमा बसेका थिए ।
पूर्वराजाका समर्थक तथा सर्वसाधारणहरुले राष्ट्रिय झण्डा फहराउँदै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबै भन्दा राम्रो छ, महाराजधिराजको जय होस भन्दै जयजयकार गरेका थिए ।
पूर्वराजा शाह असार–१७ गते देखि ५ दिने धार्मिक भ्रमण गर्ने क्रममा रुपन्देही, नवलपरासी तथा कपिलवस्तुका धार्मिक स्थानहरुको अवलोकन तथा पूजा गरिरहेका छन् ।

प्रतिक्रिया