खोजखबर

जनजाति नेताहरुसँग मोर्चा कस्ने सहमति

सौर्य अनलाइन २०६९ असार १९ गते १०:२९ मा प्रकाशित

काठमाडौं, १९ असार । एकल जातीय राज्यका विषयमा दलहरुका वीच मतभेद भईरहेका समयमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न आदिवासी जनजाति नेताहरुसँग भेटबार्ता गरेका छन् । भेटबार्तामा एकल जातीय पहिचानको पक्षमा मोर्चा बनाएर जाने सहमति समेत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा एकल जातीय पहिचान सहितको संघीयताका पक्षधर जनजाति नेताहरुले संयुक्त मोर्चा बनाउने सहमति गरेको जनजाति नतोहरुले बताएका छन् ।
भेटबार्तामा संविधानसभा पुनःस्थापना गर्न संवैधानिक आयोग गठन गर्ने वा सरकारले घोषणा गरेको निर्वाचनलाई नै निरन्तरता दिने भन्ने विषयमा समेत छलफल भएको जनजाति नेताहरुले बताए ।
जनजाति नेताहरुले फेरी पनि संविधानसभाको निर्वाचनमा जानु खर्चिलो हुने भन्दै अहिलेसम्म भएका सहमतिलाई जोगाएर संविधानसभा पुनःस्थापना गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
प्रधानमन्त्री भट्टराईसँगको छलफलमा एमालेमा असन्तुष्टी जनाएका उपाध्यक्ष अशोक राई, पृथ्बीसुब्बा गुरुङ, रकम चेमजोङ, किरण गुरुङ र कांग्रेसका इन्द्रबहादुर गुरुङ, जीपछिरीङ लामा तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष ओम गुरुङ लगायतका नेता सहभागी थिए ।
एकीकृत माओवादीका अध्यक्ष दाहालले संघीयता पक्षधरहरुको मोर्चाबन्दी गरेर अघि बढ्ने भन्ने अभिव्यक्ति सार्वजनिक भए लगत्तै जनजाति नेता र एमाओवादी उपाध्यक्ष समेत रहेक प्रधानमन्त्री भट्टराईले परामर्श गरेका हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय