दार्चुलामा बस दुर्घटना/आठको मृत्यु


कैलाली, १९ असार । दार्चुलाको ग्वानी–५, बगजीबेलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ यात्रु घाईते भएका छन् ।
बस सडकबाट करिव छ सय मिटर तल खसेको छ । घाईते मध्ये केहीको अवस्था अझैपनि गम्भीर छ ।
कैलालीको धनगढीबाट दार्चुला जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ६६०८ नम्बरको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको हो । मृत्तक मध्ये तीन जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सर्मोली बस्ने एमाले दार्चुला जिल्ला कमिटी सदस्य लक्ष्मीदत्त जोशी, ग्वानीका धवलसिंह धामी र धनुषा जिल्ला खजुरा–३ का अमितकुमार पण्डितको सनाखत भएको प्रहरी निरीक्षक श्याम साउदले जानकारी दिए ।
पानी परेर सडक भासिएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
दुर्घटनाका बारेमा घाइतेहरुले प्रहरीलाई टेलिफोन गरेर जानकारी गराएपछि घाईते उद्धार गरिएको थियो ।

प्रतिक्रिया