भट्टराई सरकार लुट्न र लुटाउन सक्रिय

काठमाडौं, १८ असार । एमाले उपाध्यक्ष वामदेव गौतमले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई देशलाई लुट्न र लुटाउन सक्रिय रहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भट्टराईले नैतिकताका आधारमा राजीनामा नदिए घेराबन्दी गरेर हटाइछाड्ने चेतावनी दिए ।
‘बाबुराम भट्टराईले देशलाई लुट्ने र विदेशीलाई लुट्न मैदान तयार गरिदिइरहेका छन्,’ उनले भने, ‘देशमारा जनतामारा प्रधानमन्त्रीलाई हटाउन जति ढिलो हुन्छ उत्तिनै देश बर्बाद हुन्छ ।’
प्रधानमन्त्रीलाई इतिहासकै कलंकित र निर्लज्ज रहेको आरोप लगाउँदै गौतमले दलहरु एकजुट भएर घेराबन्दी गर्ने बताए ।
नेपाल किसान संघका सभापति भानु सिग्देलले मल दिन नसक्ने प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए ।

प्रतिक्रिया