सहमति खोज्ने जिम्मेवारी दाहाललाई

काठमाडौं, १८ असार । सरकार र वजेटलाई लिएर विभिन्न खालका धारणा आईरहेका समयमा आज सत्तारुढ एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नयाँ वजेट ल्याउने विषयमा कुराकानी भएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । सहमति जुटाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको उनले बताए ।
‘संविधान, वजेटलगायतका विषयमा एमाओवादी र मधेसी मोर्चाले प्याकेजमा सहमति खोज्ने निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘एमाओवादी अध्यक्ष दाहाललाई सहमति जुटाउने जिम्मेवारीपनि दिएका छौं ।’
एमाओवादी र मधेसी मोर्चाले विपक्षी दलहरुको सहयोग र सल्लाहमा पूर्ण वजेट ल्याउन पहल गर्ने समेत उल्लेख गरेका छन् ।
छलफलमा कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी मोर्चाका तर्फबाट विजय गच्छेदारलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया