रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : सहिद दशरथ चन्द मेधावी खेलाडी–२०६८ को सर्वोत्कृष्ट खेलाडीको उपाधि यु–१९ क्रिकेटकी कप्तान झापाकी रुविना क्षत्रीले प्राप्त गरेकी छन् । उनलाई भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले १५ हजार १ सय रुपियाँ प्रदान गरे । नेपाललाई लगातार तीनपटक एसिसी यु–१९ क्रिकेट उपाधि दिलाउन सफल भएका कारण उनलाई पुरस्कार प्रदान गरिएको   हो ।
सहिद दशरथ चन्दको ११०औँ जन्मजयन्तीको अवसरमा दशरथ चन्द मेमोरियल ट्रस्टद्वारा स्थापित मेधावी खेलाडी–२०६८ प्रतिभा पुरस्कारको उत्कृष्ट खेलाडीहरूमा मध्यमाञ्चलबाट काठमाडैाका सरोज महर्जन परेका छन् । ६० केजी तौलसमूहमा उनले पाकिस्तानको इस्लामावादमा सम्पन्न दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा व्यक्तिगत र टिममा स्वर्णपदक प्राप्त गरेका थिए । पश्चिमाञ्चलबाट म्याग्दीकी भारोत्तोलनकी तारादेवी पुन छिन् । उनले ६९ केजी तौलमा नेपालगन्जमा आयोजित प्रथम दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्न सफल भएकी थिइन् । यसैगरी मध्यपश्चिमाञ्चलबाट नेपालगन्जका जुडो खेलाडी रोहित कार्की रहेका छन् । उनले ६० केजी तौलमा काठमाडांैमा आयोजित दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गरेका थिए । सुदूरपश्चिमाञ्चलबाट कञ्चनपुरकी भारोत्तोलन खेलाडी चम्पा ठकुल्ला रहेकी छन् । उनले ७५ केजी तौलमा नेपालगन्जमा आयोजित प्रथम दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा रजत र कांस्यपदक प्राप्त गर्न सफल भएकी थिइन् । उत्कृष्ट खेलाडीहरूले १० हजार १ सय रुपियाँसहित प्रशंसापत्र प्राप्त गरेका थिए । (सौस)

प्रतिक्रिया