सेरेनाको कठिन जित

लन्डन, १८ असार । मार्कोस बाग्डाटिसलाई ७–५, ३–६, ७–५ र ६–१ ले पराजित गर्दै एन्डी मुर्रे विम्बल्डन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । चौथो वरीयताका मुर्रेले चौथो चरणमा क्रोएसियाका मारियन सिलिकसँग खेल्नेछन् । चौथो चरणमा प्रवेश गर्ने सिलिकले साम क्युरीलाई ७–६, ६–४, ६–७, ६–७ र १७–१५ ले पराजित गरे । ५ घन्टा ३१ मिनेट समय लागेको यो खेल नै विम्बल्डन इतिहासको दोस्रो लामो खेल हो । क्युरीको पराजयपछि अन्तिम १६ मा अमेरिकाका दुई खेलाडी मर्डी फिस र ब्रेन बाकर मात्र बाँकी रहेका छन् ।
दसाँ वरीयताका फिसले बेल्जियमका वाइल्ड कार्डहोल्डर डेविड गोफिनलाई ६–३, ७–६ र ७–६ ले पराजित गरेका थिए । फिसले चौथो चरणमा फ्रान्सेली खेलाडी जो वेलप्रेmड सोँगासँग खेल्नेछन् । सोँगाले तेस्रो चरणमा स्लोभाकियाका लुकास लाकोलाई ६–४, ६–३ र ६–३ ले पराजित गरेका हुन् । स्पेनिस खेलाडी डेविड फेररले अमेरिकाका एन्डी रोडिकलाई २–६, ७–६, ६–४ र ६–३ ले पराजित गरे ।
महिलातर्फ तेस्रो चरणको खेलमा सेरेना विलियम्सले झाँग झिईलाई ६–७, ६–२ र ९–७ ले पराजित गरिन् । जित हात पारेकी सेरेनाले विम्बल्डनकै कीर्तिमानी २३ एस प्रहार गरेकी थिइन् । पाकिस्तानकी सेभडोभा विम्बल्डन इतिहासमै लगातार २४ प्वाइन्टको कीर्तिमान कायम गर्दै फ्रेन्च ओपन उपविजेता सारा इरानीलाई ६–० र ६–४ ले पराजित गरिन् ।

प्रतिक्रिया