९८ प्रतिशत नतिजा ल्याउन सफल छौं

विद्यार्थीले नासा इन्टरनेसनल कलेजमै किन पढ्ने ?
नासा कलेज धेरै क्षेत्रमा उत्कृष्ट छ । कलेजमा उत्कृष्ट शिक्षक छन्, कलेजको रिजल्ट धेरै राम्रो छ । तीन वर्षअघि स्थापित यस कलेजका विद्यार्थीको उत्तीर्ण प्रतिशत ९८ छ । विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरेका छौँ ।
कस्ता विद्यार्थीलाई छात्रवृत्ति दिनुहुन्छ ?
हामीले छात्रवृत्तिलाई तीन भागमा बाँडेर वितरण गर्छौं । पहिलो ‘मेरिट लिस्ट’का आधारमा । एसएलसीमा ९० प्रतिशतभन्दा माथि अंक ल्याउनेलाई नि:शुल्क छात्रवृत्तिको व्यवस्था गरेका छौँ । ८५ देखि ९० प्रतिशतसम्मलाई शतप्रतिशत ट्युसन फी लिँदैनौँ । ८० देखि ८५ प्रतिशत ल्याउनेलाई ट्युसन फीमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।
अर्को, हामी आवश्यकताका आधारमा छात्रवृत्ति दिन्छौँ । गरिब भएकै कारण उच्च शिक्षाबाट वञ्चित नहोस् भनेर छात्रवृत्तिको व्यवस्था गरेका हौँ । गरिब तथा जेहेनदार विद्यार्थीले गाविसबाट सिफारिस ल्याए ट्युसन फीमा ५० देखि शतप्रतिशत नि:शुल्क गर्छा । त्यसैगरी, उपलब्धिका आधारमा पनि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । कुनै पनि विद्यार्थी अतिरिक्त क्रियाकलापमा ‘ट्यालेन्ट’ छ भने शतप्रतिशत छात्रवृत्ति दिन्छौँ । अघिल्लो वर्ष ४० जनालाई छात्रवृत्ति दिएका थियौँ ।
विद्यार्थीको नतिजा कस्तो छ ?
पहिलो वर्षमै ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । हाम्रा विद्यार्थीले ८८ प्रतिशतसम्म ल्याएका छन् । ५५ जनाले ८० प्रतिशतभन्दा धेरै ल्याएका छन् ।
अरू कलेजमा भन्दा फरक सुविधा के दिनुभएको छ ?
नासा कलेजमा भौतिक सुविधा उत्कृष्ट छ । कक्षाकोठा राम्रा छन् । प्रत्येक कोठामा सिसिटिभी जडान गरिएका छन् ।
भौतिक सुविधाका साथै कक्षा १२ मा आइएलइटिएस, टोफलको व्यवस्था गरेका छौँ  । व्यवस्थापनको विद्यार्थीका लागि व्यक्तित्व विकास, बैंकिङ तालिमको पनि व्यवस्थाप गरेका छौँ । त्यसैगरी प्रि–मेडिकल, प्रि–इन्जिनियरिङ, बिबिए, बिएचएमको पनि तयारी कक्षा सञ्चालन गर्छौं । यति मात्र होइन प्रत्येक विद्यार्थीलाई प्रतिभा प्रस्फुटनको अवसर दिन्छौँ ।
एसएलसी उत्तीर्णलाई के सुझाब दिनुहुन्छ ?
विद्यार्थीले भौतिक पूर्वाधारको पछि मात्र नलागी कलेजको नतिजा, शिक्षकको टिम, ल्याबको व्यवस्था, अनुशासनलाई ख्याल गर्नुपर्छ । तपाईंको उचित निर्णयले भविष्य सुन्दर बनाउन सक्छ ।

प्रतिक्रिया