एभरेष्ट बैंक भित्रै रकम लुटपाट

नेपालगन्ज, १७ असार । बाँकेको कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्ने क्रममा अढाई लाख रुपियाँ लुटिएको छ ।
रझेनाका सन्तोष भुसालको आज विहान अढाई लाख रुपियाँ लुटिएको हो । रकम लुट्नेको पहिचान खुल्न सकेको छैन ।
प्लाष्टिकको झोलामा रकम राखेका भुसालले बैंक भौचर भर्दै गर्दा अचानक बैंक भित्र पसेका लुटेराले रकम खोसेर लगेको प्रहरी नायब उपरीक्षक उदयकुमार तामाङले बताए ।
रकम लुटिएका सम्बन्धमा प्रहरीले बैंकका सुरक्षा गार्डसँग सोधपुछ गरेको छ । लुटेराको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया