पर्खाल भत्किदा चार जना घाइते

दाङ, १६ असार । दाङमा एक बोर्डीङ स्कूलको पर्खाल भत्कीदा चारजना घाईते भएका छन् ।
घोराही नगरपालिका–६, तल्लो रझेनामा रहेको माउन्टभ्यू बोर्डीङ स्कूलको पर्खाल भत्कीदा दुई घरमा क्षति समेत भएको छ । पर्खाल भत्किदा घरमा सुतिरहेका ४ जना घाईते भएका छन् ।
घाइते हुनेमा कोठामा सुतिरहेका २५ बर्षीय अर्जुन विश्वकर्मा, उनकी पत्नी २१ बर्षीय शोभा विश्वकर्मा, भतिजी १४ बर्षीय मनिषा विश्वकर्मा र ६ बर्षीय छोरा निखिल विश्वकर्मा घाईते भएका हुन् ।
पर्खालले विश्वकर्माको एक छाने घरमा क्षतिपुराएको छ । आज बिहान करिब तीन बजेतिर एक्कासी पर्खाल भत्कीएर घरमा लगाइएको टिनको छानाबाट पर्खालका ईट्टाले चोट लागेको थियो ।
यसैगरी सोही ठाउँमा रहेको मनराजपुनको घरमापनि क्षतिपुगेको छ । दुबै घरमा ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसअघि पनि सोहि बोर्डिङको पर्खाल भत्कीएर क्षति भएको स्थानीयवासीले बताएका छनन् ।

प्रतिक्रिया