नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं, १४ असार । नेविसंघका कार्यकर्ताले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाएर विरोध जनाएका छन् ।
त्रिभुवन विश्व विद्यालयको स्थापना दिवस कार्यक्रममा सहभागी हुन आज कीर्तिपुर पुगेका भट्टराईलाई नेविसंघका कार्यकर्ताले कालो झण्डादेखाएर विरोध जनाएका हुन् । सो क्रममा प्रहरीसँग विद्यार्थीको झडप समेत भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
प्रहरी हस्तक्षेप भएको विरोधमा त्रिवि उपकुलपतिको कार्यकक्ष घेराउ गर्न पुगेका नेविसंघका १५ विद्यार्थीलाई समेत पुनः प्रहरीले पक्राउ गरेको छ । नेविसंघका कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा समेत तोडफोड गरेका छन् ।
पक्राउ परेका विद्यार्थी नेतालाई कालिमाटी प्रहरी प्रभागमा राखिएको लामिछानेले बताए ।
पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य अनिल खनाल, भरत भण्डारी, लेखनाथ पोखरेल, जगदीश बम, पुष्प प्रसाईलगायत १५ जना छन् ।

प्रतिक्रिया