राजनीतिक धु्रविकरणको विपक्षमा कांग्रेस

काठमाडौं, १४ असार । कांग्रेस सभापति सुशील कोइरालाले आफूहरु सहमतिका साथ अघि बढ्न चाहेको भन्दै राजनीतिक धु्रविकरणको विपक्षमा रहेको बताएका छन् ।
महाराजगञ्जस्थित निवासमा नेपालका लागि स्वीस राजदूत थोमस गाससँगको भेटका क्रममा कोइरालाले सहमतिका आधारमा अगाडि बढ्न कांग्रेस प्रतिबद्ध भएको बताए । उनले सहमतिका लागि प्रयास समेत शुरु गरिसकेको उल्लेख गरे ।
राजदूत थोमसले नेपालको राजनीतिक अवस्थाका बारेमा चिन्ता र चासो व्यक्त गरेको कोइरालाका प्रेस सल्लाहाकार विपुल पोखरेलले जानकारी दिए । उनले नेपालका दलहरु राजनीतिक ध्रुबिकरणलाई रोकेर सहमतिका आधारमा अगाडि सुझाव दिएका छन् ।
‘कांग्रेस ध्रुबिकरणको पक्षमा छैन,’ कोइरालाले भने, ‘लोकतन्त्रलाई संस्थागत गर्न, मुलुकलाई राजनीतिक निकास दिन दलहरुसंग संवाद प्रक्रिया थाल्न सक्रिय भएका छौं ।’

प्रतिक्रिया