प्रदर्शन तयारीमा अल्झेछ क्यारे पछ्यौरी

काठमाडौं : त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र अल्झेछ क्यार पछ्यौरी सम्पूर्ण प्राविधिक कार्य सिध्याएर प्रदर्शनका लागि तयार भएको छ ।
विराज भट्ट, रवि बस्नेत, ऋचा घिमिरे, उषा पौडेल, सुनील थापा, विजय देउजा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहेको चलचित्रलाई अनिता अधिकारीले निर्माण गरेकी हुन् । गणेशा शुभ मुभिजको ब्यानरमा निर्मित अल्झेछ क्यार पछ्यौरीका प्रस्तुतकर्ता रवि बस्नेत रहेका छन् निर्देशक हुन्– किशोर ढकाल । राजु शाहको नृत्यनिर्देशन र लक्ष्मण शेषको संगीत छ । त्रिकोणात्मक प्रेमकथाको सेरोफेरोमा चलचित्रलाई पूर्ण मनोरञ्नात्मक बनाउन हास्य विषयवस्तु समेटिएको निर्माता अनिताले जानकारी गराइन् । (सौस)

प्रतिक्रिया