नेविसंघद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं, १२ असार । पेट्रोलियम पदार्थको मूल्य बृद्धि, रासायनिक मलको अभाव लगायतको विरोधमा नेविसंघले आज राजधानीमा प्रदर्शन गरेको छ ।
राजधानीका विभिन्न क्याम्पस अगाडि एक घण्टा सडक अबरोध गरेर विरोध जनाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा समेत नेपालमा बढ्ने कस्तो परम्परा हो,’ उनले भने, ‘निगमको भ्रष्टाचार रोक्न र तेलको सहज आपूर्तिका लागि प्रदर्शन गरेका हौं ।’
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गर्दा समेत घाटा रहेको भन्दै दिएका अभिब्यक्तिको पनि नेविसंघले विरोध जनाएको छ । नेविसंघले सर्वसाधारणलाई सहज रुपमा तेलको आपूर्ति गर्न सरकारसँग माग गरेको छ ।
नेविसंघको एक घण्टे चक्का जामका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया