डोटी दुर्घटनाका सात यात्रुको सनाखत

कैलाली, १२ असार । डडेलधुराबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आइरहेको महाकाली यातायातको हाइस माइक्रो बस आज बिहान दुर्घटना हुँदा मृत्यु भएका १० मध्ये सात जनाको सनाखत भएको छ । अन्य तीन जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
से १ ख ५०२ नम्बरको हाइस डोटीको छतिवन–९, रुवसकाँडा भन्ने ठाउँमा सडकबाट तल खसेको थियो । बस सडकबाट दुई सय मिटर तल खोचमा परेको घटनास्थल पुगेका पत्रकार शिव ओलीले बताए ।
दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालमा पुराईएको छ ।
मृत्यु हुनेमा भारत बरेलीका फिदा हुसैन, डोटीको घण्टेश्वर–१ का २८ वर्षीय चन्द्रबहादुर बिक, बैतडीको सिलंगा–४ का ४२ वर्षीय मदनराज पन्त, कञ्चनपुर पिपलडाडीका जगन्नाथ बोहरा, डडेलधरा जोगबुढा गाविसका कैलाशदत्त जोशी, भागेश्वर गाविस ७ की जानकीदेबी जोशी र रुपाल–५ की चन्द्रादेबी पाण्डेयको सनाखत भएको बुडर प्रहरी चौकीका सई दानसिंह भाटले बताए ।
दुर्घटनामा परी मृत्यु भएका तीनजनाको सनाखत हुन बाँकी रहेको र तीनैजना पुरुष रहेका छन् ।
डोटीको छतिवन गाविसका हस्त गुरुङ्, बैतडी श्रीलंका गाविस ४ का धिरज पन्त र धर्मराज पन्त तथा डडेलधुरा चिपुर गाविसकी दिदीबहिनी कविता महता र रोजिना महता तथा बैतडी सिद्धपुर गाविस घर घएका माइक्रो चालक योगेन्द्र पन्त घाइते भएका छन् ।
घाइते मध्ये दिदीबहिनी कविता महता र रोजिना महता तथा बैतडीका धर्मराज पन्तको अवस्था गम्भीर छ ।

प्रतिक्रिया