कांग्रेससँग प्रधानमन्त्रीको उम्मेदवार माग

काठमाडौं, ११ असार । एमालेका सचिव शंकर पोखरेलले कांग्रेसले एक साताभित्र सहमतिमा प्रधानमन्त्रीको उमेदवार प्रस्तुत नगरे आपूmहरुले बैकल्पिक नाम अगाडि सार्ने बताए छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सचिव पोखरेलले कांग्रेसको नेतृत्वमा कूनै विवाद नरहेको बताए । उनले कांग्रेसले उम्मेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्न कांग्रेसलाई आग्रह गरे ।
उनले भने, ‘कांग्रेसले आफ्नो उमेदवारी पनि दिन नसक्ने अनि अरुलाई समर्थन गर्ने विषयमा पनि छलफल नगर्ने ।’
एमाओवादीका पोलिटव्युरो सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री बाबुराम भट्टराई कामचलाउ भैसकेकोले अब सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।
उनले राजनीतिक सहमतिबिना प्रधानमन्त्रीलाई राष्ट्रपतिले समेत पदमुक्त गर्न नसक्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य नारायण खडकाले पार्टीले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक गरेर सभापति सुशील कोइरालालाई सहमतिको प्रधानमन्त्रीका रुपमा अघि बताए ।

प्रतिक्रिया