गर्भवती महिला बलात्कृत

इलाम, ११ असार । इलामको जमुनामा एक गर्भवती महिला बलात्कृत भएकी छन् । जोगमाई–२ की १९ वर्षीय महिला घरबाट जमुना–५ स्थित माईततर्फ जाँदै गरेको अवस्थामा जमुना–७ को एक जंगलमा बलात्कृत भएकी हुन् ।
सात महिनाको गर्भवती रहेकी उनी आईतबार दिउँसो ३ बजे स्थानीय चुचे भन्ने जंगलमा बलत्कार भएकी हुन् । उनलाई बेहोस अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
जंगलको बाटोमा लुकेर बसेका एक युवाले एक्कासी आक्रमण गरी आफूमाथि आईलागेको पीडित महिलाले बताईन् । ‘आक्रमणपछि घाँटी निमोठेको मात्र थाहा छ, बाँकी केही थाहा छैन,’ पीडित महिलाले भनिन्, ‘उनलाई बेहोस अवस्थामा स्थानीयले फेला पारेर उद्धार गरेछन् ।’
उनको साथमा रहेको आठ आनाको सुनको सिक्री, नगद १३ हजार रुपियाँ र घडी समेत हराईएको पीडितले बताईको प्रहरीले जनाएको छ ।
यता, बलत्कार गरेको आरोपमा जमुना–६ का २८ वर्षीय देवराज गुरुङ्गलाई गएराति जमुनाबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले नजिकै छिमेकीको घरमा लुकेर बसिरहेको अवस्थामा गुरुङ्गलाई पक्राउ गरेको निरीक्षक गणेश बाँस्तोलाले बताए । बलात्कारमा संलग्न गुरुङ्ग भगौडा प्रहरी हुन् ।
पीडित महिलाको जिल्ला अस्पताल इलाममा प्रारम्भीक स्वस्थ्य परिक्षण गरिएकी छन् । अस्पतालका अनुसार उनको अवस्था संवेदनशील छ ।
‘महिलामाथि बढी लछारपछार भएकाले गर्भ खेर जाने सम्भावना छ,’ अस्पताल श्रोतले भन्यो, ‘बिस्तृत कुरा रिपोर्टपछि थाहा हुन्छ ।’
उनलाई अस्पतालले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रिफर गरेको छ ।
घटनास्थल सदरमुकाबाट एक दिनको पैदल दूरीमा पर्छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बाँस्तोलाको भनाई छ ।

प्रतिक्रिया