दुई शव फेला, दुई वेपत्ता

इलाम, ११ असार । इलामको चुलाचुलीस्थित चाँजु खोलाले आइतबार बगाएका दुई जनाको शव आज बिहान फेला परेको छ ।
चुलाचुली–६ का १९ वर्षीय अनिल कुमाल र ३० वर्षीय मंगल कुमालको शव घरबाट एक किलोमिटर टाढा खोलाको किनारमा फेला परेको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए । उनीहरु दाउरा खोज्न जंगल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । शवलाई पोष्टमार्टमका लागि मोरङको मंगलबारेतर्फ पठाईएको छ ।
यसैबीच, उनीहरुसँगै बेपत्ता भएका अन्य दुई जना अझै वेपत्ता छन् । उनीहरुको स्थानीय र प्रहरी टोलीले खोजी गरिरहेको छ । सौर्य

प्रतिक्रिया