ढुंगेललाई कठघरामा उभ्याउन माग

काठमाडौं : सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग सरोकारवालाले गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोग कानुनी रूपमा पुष्टि भइसके पनि सरकारको गैरजिम्मेवारीपनका कारण ढुंगेलले उन्मुक्ति पाएको उनीहरूको भनाइ छ ।
श्रेष्ठको १४आँै स्मृति दिवसमा आइतबार राजधानीमा भएको कार्यक्रममा उनीहरूले हत्यारालाई सरकार र ठूला तीन दलका नेताले संरक्षण गरेको आरोप लगाए । उज्जनकी दिदी सावित्री श्रेष्ठले अदालतबाट न्याय पाइसके पनि राजनीतिक हस्तक्षेपका कारण आफूले न्यायको अनुभूति गर्न नसकेको बताइन् । एमाले महासचिव ईश्वर पोखरेलले सत्यनिरूपण तथा मेलमिलाप आयोग निर्माण गर्न एमाओवादी बाधक भएका कारण बालकृष्ण ढुंगेलजस्ता अपराधीले उन्मुक्ति पाएको बताए । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले युद्धका नाममा गैरन्यायिक हत्यामा संलग्न व्यक्ति ढिलो–चाँडो कारबाहीको भागेदार हुने बताए । (सौस)

प्रतिक्रिया