पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, १० असार । कांग्रेसले अस्वस्थ्य उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको जनाएको छ ।
त्रि.वि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा आज विहान ९ बजे पौडेल उपचारार्थ भर्ना भएको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
उनको रक्तचाप बढेको, रगतमा अक्सिजनको कमी र निमोनिया भएकोले आइसियुमा राखिएको कांग्रेसले उल्लेख गरेको छ ।
उपचारमा संलग्न चिकित्सक डा. करविरनाथ योगीका अनुसार पौडेलको स्वास्थ्य स्थितिमा सुधार आएको छ ।

प्रतिक्रिया