राजधानीबाट आईटी म्यागजिन शुरु

काठमाडौं, ९ असार । १ वर्ष अगाडिदेखि मोफसलको बिराटनगरबाट प्रकाशित हुँदै आएको मासिक सूचना प्रविधि विशेष पत्रिका लिभिङ विथ आइसिटी अबदेखि राजधानीबाटै प्रकाशित हुने भएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पत्रिकाको युवा नेता गगन थापाले विमोचन गरेका हुन् ।
कार्यक्रमका लिभिङ विथ आईटी डटकम नामक अनलाईन पोर्टलको पनि समुद्घाटन गरिएको थियो ।
अनलाईन पोर्टलले सूचना र प्रविधि क्षेत्रमा दैनिक हुने घटनाहरुलाई अपडेट गर्ने पत्रिकाका सम्पादक राजन लम्सालले जनाएका छन् ।
सरकारी कामहरुमा पारदर्शीता ल्याउनका लागि प्रविधिले धेरै नै सहयोग गर्ने हुनाले सरकारले यसतर्फ विशेष जोडदिनुपर्ने युवा नेता थापाले बताए ।
वनेपामा बनेको आईटीपार्कलाई पनि सञ्चालनमा ल्याउन नसकिएको भन्दै कम्प्युटर बैज्ञानिक मुनीबहादुर शाक्यले त्यस तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
विभिन्न विधाका पत्रिका र म्यागजिनको संख्या बढीरहेका समयमा सूचना प्रविधि क्षेत्रसँग सम्वन्धित पत्रिकाहरु बढ्न नसकेको अवस्थामा यसले नेपालको सूचना प्रविधिकै प्रयोगलाई बढाउन सक्दो सहयोग पुराउने सहभागीहरुले जनाएका छन् ।

प्रतिक्रिया