जर्मनीले धैर्यसाथ खेल्ने


किभ, ८ असार । ग्रिससँग शुक्रबार हुने युरोकप फुटबल क्वार्टरफाइनलमा जर्मनी आक्रामक हुने निश्चित छ । सन् २००४ को विजेता ग्रिस जर्मनीसँग रक्षात्मक हुने लगभग निश्चत छ ।
समूह चरणका खेलमा जित हात पारेको जर्मनीले पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्सभन्दा ग्रिसले भिन्न किसिमको रक्षात्मक रणनीति अवलम्बन गर्ने अनुमान गरिएको छ । छनोट चरणको १० खेलमा पाँच गोल मात्र खाएको ग्रिसले समूह चरणको खेलमा तीन गोल मात्र खाँदै उपविजयीका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । ‘डेनमार्कसँगको खेल पनि हाम्रा लागि ग्रिससँगको खेलकै एउटा पूर्वाभ्यास पनि हो,’ २–१ ले जित हात पारेको खेलबारे मिडफिल्डर सामी खडेरियाले भने, ‘ग्रिस संगठित छ । राम्रो रक्षापंक्ति छ । जब मौका पाउँछन्, बेजोड आक्रमण पनि गर्छन् । उनीहरूले प्रतियोगितामा तीन या चार अवसर सिर्जना गरे र त्यसमा तीन गोल गरे । यसबाटै उनीहरूको क्षमता अनुमान गर्न सकिन्छ ।’
खडेरियाले आºनो टोलीले धैर्यशील भएर खेल्नुपर्नेमा जोड दिए । दुई वर्षअघिको विश्वकप फुटबलमा सेमिफाइनल प्रवेश गरेको जर्मनी अहिले त्योभन्दा पनि परिपक्व छ । पछिल्लो खेलपछि प्रतिबन्धमा परेका रक्षक जेरोमी बोएटाङ यदि जर्मनी सेमिफाइनल प्रवेश गरे इटाली या इंग्ल्यान्डसँग हुने त्यो खेलमा उपलब्ध हुनेछन् । खडेरियाले स्पेनसँग फाइनलभन्दा अघि खेल नपर्ने भए पनि आफूहरूले त्यसमा कुनै चासो नदिएको बताए । ‘हामी अहिले ग्रिससँगको खेलबारे मात्र चिन्तित छाँै । जर्मन चान्सलर एन्जेला मर्केल रंगशालामा उपस्थित हुने अनुमान गरिएको छ । ग्रिसको वर्तमान खराब आर्थिक अवस्थामा नकरात्मक भूमिका रहेको भनी आरोप खेपेकी मर्केलको उपस्थितिपछि रंगशालाको वातावरण नै तनाबग्रस्त बन्ने अनुमान गरिएको छ ।
जर्मनीका तीव्र आलोचक ग्रिकहरू मैदानमा अप्रत्याशित जित प्राप्त गरेर नै सबै कुराको बदला लिन चाहन्छन् । प्रतिबन्धित कप्तान जर्जियोस कारागोनिसको उपस्थितिमा कसलाई खेलाउने भन्नेमा ग्रिक प्रशिक्षक अझै खुलेका छैनन् । जर्मन आक्रमणलाई थेग्नकै लागि रक्षात्मक विशेषज्ञ मानिने मिडफिल्डर जर्जियोस मार्कोस खेल्ने सम्भावना छ । ‘हामी सबै टिमप्रति समर्पित छौँ,’ मिडफिल्डर कोस्टास काराटोनाउसले भने, ‘सबैले टिमका लागि मात्र खेलेका कारण हामी विगतमा पनि सफल भएका थियौँ, त्यो सम्भावना अहिले पनि छ ।’

प्रतिक्रिया