मंसिर–७ गते निर्वाचन हुँदैनः मन्त्री जोसी

काठमाडौं, ७ असार । भूमिसूधार तथा ब्यवस्था मन्त्री चन्द्रदेब जोसीले संविधान सभाको नयाँ निर्वाचन तोकिएको समयमा हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले निर्वाचनका लागि दलहरुवीच अहिले सम्म कुनै सहमति हुन नसकेको बताए । सरकारले मंसिर–७ गते संविधानसभाको नयाँ निर्वाचन घोषणा गरिसकेको छ ।
उनले भने, ‘अहिलेसम्म सहमति विना संविधान संसोधन र कानून निर्माण गरेर कानूनी जटिलता अन्त्य हुने कुनै आधार देखिएको छैन ।’
उनले दलहरुवीच सहमति बन्न नसके निर्वाचनको कल्पना समेत गर्न नसकिने बताए ।

प्रतिक्रिया